२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ सिन्धुपाल्चोकमा भीषण बाढीपहिरो,७ को ज्यान गयो,अन्य केही बेपत्ता

सिन्धुपाल्चोकमा भीषण बाढीपहिरो,७ को ज्यान गयो,अन्य केही बेपत्ता

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने अहिले थप मानवीय क्षतिको विवरण आएको छैन।

अविरल वर्षापछि मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले ठुलो क्षति पुर्‍याएको छ। अझै केही व्यक्तिहरु हराइरहेको आशंका छ। हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन्।

सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ।हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ।

मेलम्चीमा पानीको बहाव अझै नघटेको र त्यो बहाव बस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु