गृहपृष्ठ सिन्धुलीमा जीप दुर्घटना:४ जनाको ज्यान गयो,७ घाइते
सिन्धुलीमा जीप दुर्घटना:४ जनाको ज्यान गयो,७ घाइते

सिन्धुलीको कमलामाइ नगरपालिका–७ करङडाँडामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको बा १७ च १११७ नम्बरको जीप दिउँसो पौने ४ बजे सडकबाट करिब ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ।
चालक भोजबिक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ। जीप आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।