गृहपृष्ठ सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टले पाए विश्वासको मत,मुख्यमन्त्रीमा उनकै निरन्तरता
सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टले पाए विश्वासको मत,मुख्यमन्त्रीमा उनकै निरन्तरता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्।
मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो।
मंगलबार प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो। यस्तै १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन्।
मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ।