२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ सुनौलो सपना बोकेर पोर्चुगल छिरेका खत्री अल्पायुमै अस्ताए

सुनौलो सपना बोकेर पोर्चुगल छिरेका खत्री अल्पायुमै अस्ताए

नेपालीहरुको युरोपमा केन्द्रबिन्दु मध्ये एक पोर्चुगल पनि हो।धेरैको आकर्षण यतातर्फ मोडिनु प्रमुख कारण पोर्चुगलको कार्ड पनि हो। सुनौलो सपनाका बीचमा युरोपियन नागरिक बन्ने चाहना सहित पोर्चुगल छिरेका कतिपय नेपालीको सपना भने छिन्नभिन्न भएको छ।

उनीहरु सपना साकार नहुदै पोर्चुगलमै अस्ताएका छन्।पछिल्लो समय त्यस्तै सपना र योजना बुनेर पोर्चुगल छिरेका बेल बहादुर खत्रीको पनि अल्पायुमै ज्यान गएको छ।नेपालको पर्वत स्थायी घर भएका ३८ बर्षिय खत्री २ बर्ष अघि पोर्चुगल छिरेका थिए।

मनग्य धन कमाउने,परिवार युरोपमा सेटल गर्ने,छोराछोरीको सपनालाई साकार बनाउने अभिलाषाका साथ मैदानमा उत्रेका खत्री योजना पूर्ण नहुँदै धर्तीबाटै अस्ताए।उनी अस्ताउनुको कारक थियो,उनमा मौलाउदै गएको ब्रेन ट्युमर।उनले पोर्चुगलका विभिन्न अस्पतालमा चेकजाँच गरे तर निको हुन सकेन।अन्तमा लिस्वन स्थित सान्ता मारिया हस्पिटलमा उपचार गर्दागर्दै उनको देहावसान हुन पुग्यो।

नत उनको सपना साकार भयो ,नत जीवननै समृद्ध भयो। उनी त एउटा पात्र हुन्।यस्ता थुप्रै नेपाली छन् जसले विदेशी भुमीमै अल्पायुमै ज्यान गुमाएका छन्। अहिले उनको परिवार पीडामा छ।गहिरो शोकमा डुबेको उनको परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्।कामना गरौं ..

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु