गृहपृष्ठ सोमबारदेखि जोरबिजोर हटाउन सिफारिस
सोमबारदेखि जोरबिजोर हटाउन सिफारिस

कोभिड–१९ निर्देशक समिति (सीसीएमसी)ले यातायातमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ।
समितिको आइतबार बसेको बैठकले सोमबार (माघ २४)देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि कोरोनाको जोखिमलाई देखाउँदै ट्याक्सी र निजी सवारी साधनमा जोर बिजोर लगाएको थियो।
चौतर्फी आलोचना भएपछि सार्वजनिक सवारीसाधनमा कायम जोर बिजोर भने हटाइएको थियो।