२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ स्पेन कोस्टाब्लान्का क्षेत्रको नेपाली समुदायमा कोरोना

स्पेन कोस्टाब्लान्का क्षेत्रको नेपाली समुदायमा कोरोना

स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली समुदायमा केहीदिन यता कोरोना सङ्क्रमण् बढेको छ। यस अघि केही नेपालीलाई मात्र लागेको कोरोना भाईरस अहिले स्पेनमा कोरोनोको तेस्रो लहर सुरु भएपछी यहाँका धेरै नेपाली प्रभाबित भएका छन्।

कोस्टाब्लान्काको बेनिड्रोम, आल्बिर, आल्तेया, डेनिया लगायतका स्थानमा बस्ने नेपालीमा कोरोना सङ्क्रमण् देखिएको छ। बेनिड्रोम क्षेत्रमा अहिले करीब १० जना नेपालीहरुमा कोरोना पोजेटिभ देखिएको नेपाल स्पेन समाज कोस्टाब्लान्काका कोषाध्यक्ष छविलाल श्रेष्ठले जानकारी दिनुभयो। ति मध्ये एकजना अस्पतालमा रहेको र अरु होम क्वारेन्टाइनमा रहेको उहाँले बताउनु भयो।

बेनिड्रोम क्षेत्रमा करीब २ सय नेपालीको बसोबास छ। यस्तै आल्बिर, आल्तिया र डेनिया क्षेत्रमा पनि केही नेपालीलाई कोरोना सङ्क्रमण् भएको छ । यि क्षेत्रमा धेरै नेपाली खुल्न नचाएको कारणले कति नेपालीलाई लागेको छ भनेर यकिन सन्ख्या थाहा हुन सकेको छैन। आल्बिर र आल्तेयामा कोरोना सङ्क्रमण् भएका केही निको भैसकेका छन भने केहि होम क्वारेन्टाइनमा बसेका छन्।

नेपाल स्पेन समाज कोस्टाब्लान्काका अध्यक्ष केशबराज कंडेलले कोरोना सङ्क्रमण् भएका नेपालीहरुसँग आफुहरुले सम्पर्क गरिरहेको र केही सहयोग आबस्यक परे गर्ने बताउनुभयो। कोस्टाब्लान्का क्षेत्रमा करीब १ हजार नेपालीको बसोबास छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु