२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ स्मार्ट लकडाउन गर्ने तयारीमा सरकार,स्थानीय निकायलेनै निर्णय गर्न सक्ने

स्मार्ट लकडाउन गर्ने तयारीमा सरकार,स्थानीय निकायलेनै निर्णय गर्न सक्ने

सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो।

‘जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको छ’, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने।

वैज्ञानिक र व्यावहारिक हुने गरी लकडाउन गर्ने अवधारणा नै स्मार्ट लकडाउन रहेको उनले स्पष्ट पारे।

अहिलेसम्म हुँदै आएका लकडाउन जिल्ला प्रशासन कार्यालयमार्फत नै गर्दै आएको भए पनि केन्द्रको नियन्त्रण रहँदै आएको छ। अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु