Covid-19
City Express

स्वदेश फर्कन चाहने नेपालीकालागि प्रबन्ध गरिरहेका छौं, सिमानामा तारबार लगाउनु पर्छ : एनआरएनए अध्यक्ष कुमार पन्त

द्रोण रिजाल,नेदरल्यान्ड्स/ दिनेश गौतम,
साईप्रस/ राजकुमार थापा, पोर्तुगल ।

युरोप, १३ मेइ । मेइ १३ तारिख बुधबार नेपाल पत्रकार महासंघ युरोप शाखाले गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा बहस तथा अन्तरक्रिया कार्यक्रम अनलाइन जुम एप मार्फत सम्पन्न गरेको छ । शाखाका अध्यक्ष केजिन राईको अध्यक्षता र कार्यकारिणी सदस्य राजकुमार थापाको सन्चालन गरेको बहस कार्यक्रममा एनआरएनए युरोप संयोजक नारायण आचार्य, युरोप उप-संयोजकहरु क्रमशः कृष्ण तिमेल्सिना( बेलायत), मुक्त गुरुङ (स्पेन), शुक्रराज न्यौपाने (आयरल्याण्ड) को आतिथ्यता रहेको थियो ।

विभिन्न देशका सक्रिय पत्रकारहरुको प्रश्नहरुको जवाफ दिदै अध्यक्ष पन्तले कुनै पनि एनसिसिले गलत कार्य गरेको खन्डमा लिखित जानकारी गराए केन्द्रले आवश्यक अनुसन्धान गरेर कार्वाहीको प्रकृया अगाडि बढाउने र प्रमाणित भए निलम्बन समेत गरिने बताए । एनआरएनए (एनसिसि) का जिम्मेवार व्यक्तिहरुबाट विभिन्न देशमा पत्रकारहरुमाथि दुर्व्यवहार हुने गरेको पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै पन्तले पत्रकार र एनआरएनए वीच नङ र मासुको सम्बन्ध रहेको र पत्रकारहरुलाइ सधैं सम्मान गरिने उल्लेख गरे ।

युरोप लगायत विभिन्न क्षेत्रमा मानव तस्करी भइरहेको र नेपालीहरु अलपत्र पारेको जिज्ञासामा गम्भिर हुँदै तस्करी गर्ने कसैलाई नछोड्ने र युरोप संयोजकको सयोजकत्वमा ५ सदस्यिय छानबिन समिति गठन भैसकेको समेत जानकारी गराए । युरोप संयोजक नारायण आचार्यले आपतकालिन राहत कोषमा लगभग २८ हजार युरो संकलन भैसकेको र ५० हजार युरोको लक्ष पूरा गरिने प्रतिबद्धता व्यक्त गरे । संकलित रकम युरोप भित्र कै लक्षितवर्गलाई सहयोग गर्ने योजना रहेको बताए । युरोपमा रहेका एनसिसिहरुको आईसिसिसंगको समन्वय, कोष संकलन र बितरणको बिषयमा सह-संयोजकहरु कृष्ण तिमेल्सिना, मुक्त गुरुङ र शुक्रराज न्यौपाने ले आ-आफ्नो धारणा राखेका थिए ।

स्वदेश फर्कन चाहने नेपालीका लागि आवश्यक प्रबन्ध गरिरहेका छौं:

कोरोना भाईरसले विश्वभरमा रहेका नेपाली विद्यार्थी एवमं श्रमिकहरुलाई प्राथमिकताका साथ स्वदेश फर्काउन आफुहरु लागि परेको गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले बताएका छन् । उनले कतिपय देशहरुमा केही नेपालीहरु गैरकानुनी रुपमा बसोबास गरिरहेको र उहाहरुलाई सम्बन्धित देशको सरकारले यथासिघ्र देश छोड्न आदेश दिएकोले आफुहरु नेपाल सरकारसगं समन्वय गरेर स्वदेश फर्काउने बाताबरण मिलाई रहेको जानकारी दिए ।

बुधवार नेपाल पत्रकार महासघं युरोप शाखाको अनलाईन छलफल कार्यक्रममा अध्यक्ष पन्तले नेपालीहरुको समास्यालाई समाधान गर्नका लागि आफुहरु सधै प्रतिबद्ध रहेको बताउदै विदेशमा रहेका सारा नेपालीहरुको साथमा एनआरएनए रहेको बताए । एउटा फरक प्रसंगमा अध्यक्ष पन्तले गैर आवासीय नेपाली संघ माल्टाका केही पदाधिकारी मानव तस्कारीमा समावेश भएको समाचार आएको र उनीहरु समाबेश भएको प्रमाण फेला परे आफुहरु तत्काल बर्खास्त गर्न तयार रहेको भनाई थियो । साथै पहिला देखि नै भारतले आफुहरुको नेपाली भुमिमाथि गरिरहेको आक्रमणको सामना गर्न सारा गैर आवासीय नेपालीहरु एकमत रहेको दृढता व्यक्त गरे । उनले भने, “आफनो भुमि फिर्ता गराउनका लागि नेपाल सरकारलाई सिमामा तारबार लगाउनका आफुहरु सहयोग गर्न तयार छौं, अब आगामी पुस्ताका लागि भएपनि भारतको हेपहा प्रवृत्ति कुनै पनि नेपालीलाई कदापि स्वीकार्य नरहेको जिकिर गरे ।

गैरआवासीय नेपाली सघंले नेपालमा केही ठुला परियोजनाहरुमा काम गरिरहेको बताउदै कोरोनाले गर्दा केही असर परे पनि ति कामहरु छिट्टै निरन्तरता पाउने अध्यक्ष पन्तले विश्वास व्यक्त गरे । एनआरएनए युरोप शाखाका संयोजक नारायण अर्चायले युरोप भित्र रहेका नेपालीहरुको समस्या समाधान गर्न आफुहरु निरन्तर लागि परेको बताए । आर्चायले एनआरएनए पोल्यण्ड, अष्ट्रीयमा केही विवाद रहे पनि छिट्टै समाधान गरिने विश्वास दिलाए । अन्तरक्रियामा पत्रकार महासंघ युरोप शाखाका सचिव द्रोण रिजाल , सदस्यहरु राजकुमार थापा , रविचन्द्र भट्टराई , शेरबहादुर परियार, महेशकुमार खाती, सरला कट्टेल, प्रेम परियार, कलश खरेल,गोमा खरेल लगायत युरोपका विभिन्न देशका पत्रकारहरुको सहभागिता थियो ।

भारतीय सीमामा तारबार लगाउन एनआरएनएले पैसा संकलन गर्छ:

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले भारत र नेपाल बीचको सीमामा तारबार लगाएर भए पनि देशकोे सीमा रक्षा गर्नु पर्ने वताएका छन् ।

पन्तले भने ‘हामीले भारतीय दादागिरीका बिरुद्धमा वक्तव्य मार्फत संस्थाको पोजिसन स्पष्ट पारेका छौं । म व्यक्तिगत रुपमा नेपाल र भारतबीचको सीमा क्षेत्रमा तारबार लगाएर भए पनि सिमा रक्षा गर्नु पर्छ भन्ने मान्यता राख्छु’ ।

उनले ‘भारतीय हेपाहा प्रवृति बिरुद्ध सबै नेपालीहरु जस्तै गैरआवासीय नेपाली संघ पनि एक भएर भारत बिरुद्ध लड्न तयार भएको बताए’ ।

पन्तले भारतबिरुद्ध नेपाल सरकारसँग मिलेर संघले काम गर्ने प्रतिबद्धता जाहेर गर्दै सरकारले चाहेमा संघ भारतीय सीमामा तारबार लगाउन आर्थिक संकलन गर्न समेत तयार रहेको बताए ।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति भत्सर्ना गरेको थियो । संघका तर्फबाट अध्यक्ष कुमार पन्तले सोमवार एक विज्ञप्ति जारी गर्दै भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधीको भत्सर्ना गरेका हुन् ।

भारतले नेपाली भूभागमा सडक मार्ग निर्माण गरेकोप्रति विरोध गर्न संघका सबै राष्ट्रिय समितिहरु परिचालित हुने भएका छन् । संघका महासचिव डा. हेम राज शर्माले सोमवार नै सबै राष्ट्रिय समितिलाई पत्राचार गर्दै आआफ्ना देशमा भएका भारतीय दुतावासमा गएर भारतले एकतर्फी रुपमा नेपाली भू-भाग अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेपको निन्दा गर्दै विरोधपत्र बुझाउन आग्रह गरेका थिए ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु