गृहपृष्ठ स्वर्गीय भलिबल खेलाडी बिनोदको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
स्वर्गीय भलिबल खेलाडी बिनोदको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

समाजमा भोग्दै, देख्दै आएको उत्कृष्ट र योग्य मानिसलाई लामो समय दैवले पनि टिक्न दिदैन। यो सन्दर्भ गुल्मी आँपचौरका भलिबल खेलाडी बिनोद बिकको हकमा पनि साभार भयो।
बि.कले पनि क्यान्सर रोगका कारण अल्पायुमै ज्यान गुमान पुगे। उनको योगदानलाई कदर गर्दै बि.कको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ।
मुसिकोट नगरपालिका वडा नं ५ का बिनोदको गत चैत्र २८ गते उपचारको क्रममा निधन भएको थियो। उनको उपचारकालागि विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन अभियान सञ्चालन भएको थियो।
उनको उपचारकै क्रममा निधन भएपश्चात पोल्याण्डमा संकलित रकमबाट उनले अध्ययन गरेको मुसिकोट ५ आँपचौर बरारुख स्थित दुर्गा भवन माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिने भएको हो।
जिल्ला भलिबल संघ गुल्मीका सदस्य सन्दिप जि.सि हाल पोल्याण्डमा कार्यरत सन्दिप जिसी र विजय खरेल (विजु) को पहलमा संकलित झण्डै ३ लाख रुपैयाँबाट विद्यालयमा अक्षयकोष स्थापना गर्ने तयारी भएको मुसिकोट नगरपालिकाका खेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो।
उक्त रकम स्व. बिनोदका बुबा आमाको खातामा पठाईसकिएको अभियान्ता सन्दिप जिसीले बताउनुभयो। जसमध्ये आफ्नो खातामा १ लाख ९६ हजार रुपैयाँ र सोही अभियान मार्फत नै सिधै बिनोदका बुबाको खातामा ७६ हजार रुपैयाँ सकंलन भएको उहाँले जानकारी दिनुभयो।
विद्यालयमा स्थापना गरिने अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष विद्यालयको बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिने भलिबल प्रतियोगीतामा प्रथम, द्धितिय हुने प्रतियोगीहरुलाई पुरस्कृत गरिने बताईएको छ। त्यस्तै स्व.बिनोदका बुबाआमा अथवा आफन्तलाई समेत सम्मान गरिने अयिभान्ता जिसीले बताउनुभयो।
स्व.बिनोद बि.क लुम्बिनी प्रदेशका भलिबल खेलाडी हुन्। उनी नवौँ राष्ट्रिय भलिबल प्रतियोगीतामा समेत सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। उनले स्थानीय, जिल्ला र प्रदेश स्तरीय थुप्रै प्रतियोगीता खेलेका थिए।