२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ स्व. गणेश बानियाँको अन्तिम संस्कारको व्यबस्थापन एनआरएनए र मोना पोर्तुगलले गर्ने

स्व. गणेश बानियाँको अन्तिम संस्कारको व्यबस्थापन एनआरएनए र मोना पोर्तुगलले गर्ने

लिस्बन/अलेन्तेजु । गत जून १२ तारिख पोर्तुगलको सानआन्तनियोमा  असामयिक निधन भएका म्याग्दीका ४१ बर्षिय स्व.गणेश बानियाँको अन्तिम संस्कारको ब्यबस्थापन एनआरएनए र मोना पोर्तुगल गर्ने जानकारी प्राप्त भएको छ । अन्तिम संस्कार व्यबस्थापनका लागि तिलक गैरे(एनआरएनए पोर्तुगल, अध्यक्ष), टेक फगामी (मोना पोर्तुगल अध्यक्ष), निरोज कार्की (मोना आइसी,  युरोप संयोजक), अशोक घिमिरे(कन्सुलेट प्रतिनिधि), मणि पौडेल (मोना अलेन्तेजु, क्षेत्रीय अध्यक्ष), वकिल केसी (जसस पोर्तुगल, उपाध्यक्ष), शिव वाग्ले (एनआरएनए अलेन्तेजु, क्षेत्रीय अध्यक्ष), टीकाराम सुवेदी (जसस कोषाध्यक्ष) र काशिराम वन सन्यासी रहेको एक समिति गठन गरिएको बताइएको छ । अन्तिम संस्कार आउने शुक्रबार सम्म हुने सम्भावना रहेको छ ।

“दुइजना म्याग्देलीको एक हप्ताको फरकमा पोर्तुगलको एकै एरियामा भएको असामयिक निधनले हामी म्याग्देलीहरु स्तब्ध र अत्यन्त दु:खी भएका छौं, एकजनाको दाह संस्कार नसकिंदै अर्को साथीको निधनको खबरले मर्माहत छौं, स्व. गणेश बानियाँको अन्तिम संस्कारका लागि तयारी गरिरहेका छौं ।” मोना युरोपका संयोजक निरोज कार्कीले नमूना नेपाल संग भने ।

म्याग्दी जिल्ला घर भएका स्व. बानियाँ केही दिन अघि सोही क्षेत्रमा मृत्यु भएका म्याग्दी कै स्व.दीपक बानियाँका १३ दिने दाजुभाइ र नाताले भतिज पर्ने बताइएको छ ।

मोना पोर्तुगलका सक्रिय सदस्य रहेका स्व. बानियाँ सो क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आएका थिए । उनी जसस अलेन्तेजुका पूर्व क्षेत्रीय महामन्त्री पनि थिए । जून १२ तारिख बिहान ७ बजे घरबाट दुरुस्त अवस्थामा निस्किएका उनी ९ बजे तिर सानआन्तनियो भन्ने ठाउँको बाटोमा लडेको भेटिएका थिए । उक्त स्थान जंगलको छेउ र एकान्त रहेको बुझिएको छ । उनी लडिरहेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । GNR को टोली आएर उनलाई ओदिमेराको हस्पिटल पुर्याउदा डाक्टरहरुले उनको केही घण्टा पहिल्यै मृत्यु भैसकेको भन्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु