२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ हाेसियार बनाैं है , भित्तामा झुन्डिएको तस्बिरमा सिमित हुने दिन नआउला भन्न सकिँदैन

हाेसियार बनाैं है , भित्तामा झुन्डिएको तस्बिरमा सिमित हुने दिन नआउला भन्न सकिँदैन

कोरोना नेपाल सन्दर्भ विशेष

नेपालमा केही समय अगाडि देखि काेराेनाकाे दाेस्राे लहरले जनजीवन निकै आक्रान्त पारेकाे छ। विश्व अर्थतन्त्रमा नामुद राष्ट्रहरु समेत याे महामारीको चपेटाबाट उम्मकन निकै हम्मे-हम्मे परिरहेकाे देखिन्छ।

यस्तो बेलामा नेपाल जस्ताे अर्थतन्त्र कमजाेर भएकाे देशका प्रधानमन्त्रीचाहिँ काेराेनाकाे कारण उत्पन्न परिस्थिति सरकारकाे नियन्त्रणमै छ भन्छन्- अन्तर्राष्ट्रिय मिडिया सामु।

हाम्रा सम्माननिय प्रधानमन्त्रीकाे त्यहि अभिव्यक्ति सुनिरहेकै बेला नेपाली काङ्ग्रेसका युवा नेता एवं पूर्व सांसद डा . चन्द्र भण्डारी चाहिँ फेसबुक मार्फत सहयाेगकाे लागि याचना गरिरहेका थिए।

उनलेे आफ्नो फेसबुक पेजमा लेखेका थिए, “कुनै हस्पिटलमा ICU छ भने भन्नु न आखाँ सामु मृत्यू देख्नु पर्ने भयो”बिरामी काठमाण्डु मेडिकेयरमा हुनुहुन्छ।

उहाँ जत्तिकाे मानिसले एउटा ICU बेडकाे लागि सामाजिक संजालमार्फत सहयाेगकाे लागि याचना गर्ने परिस्थिति छ भने परिस्थिति सरकारकाे नियन्त्रणमा छ भन्नू हाम्रा सम्माननिय प्रधानमन्त्रीकाे अज्ञानता वा मुर्खता के हाेला त खै! चन्द्र भण्डारी जत्तिकाे नेताले एउटा बेड नपाउने परिस्थितिमा आम जनताकाे परिस्थिति कति भयावह छ हाेला!

युरोपेली मुलुकहरु ,भारत लगायतका अन्य धनी राष्ट्रहरुले समेत काेराेनासँग लड्न अन्तर्राष्ट्रिय समुदायसँग सहयाेग मागिरहेको परिस्थितिमा हाम्रो जस्तो कमजाेर आर्थिक अवस्था भएकाे देशले याे परिस्थितिसँग लड्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगकाे लागि अपिल गर्नुकाे सट्टा हाम्राे कन्ट्रोलमा छ भन्दै हिड्नु हाम्रा प्रधानमन्त्रीकाे मुर्खता सिवाय अरु केही हुुनै सक्दैन।

देशमा हरेक दिन संक्रमितकाे संख्या निकै उच्च दरमा बढिरहेकाे छ , मृत्युु दर पनि उच्च हुँदै छ , लगभग सबै अस्पतालका बेडहरु भरिभराउ भइसकेका छन।

अक्सिजनकाे अभावमा संक्रमित आकुलव्याकुल भएका भिडियाेहरु यत्रतत्र फैलिइरहेका छन , संक्रमित अस्पताल सम्म
पुर्‍याउने गाडीको अभावमा बिरामिलाई ट्याक्टरकाे ट्रलिमा लाेड गरिरहेका छन , डाक्टर तथा नर्सहरुले अबका केही दिनहरुमा अबस्थामा थप जटिल हुँदै जाने आँकलन गरिरहेका छन्। तर हाम्रा प्रधानमन्त्री भन्छन , “परिस्थिति सरकारकाे नियन्त्रणमै छ” ।

हाेईन उनले भन्न खाेज्या कस्ताे नियन्त्रण हाेला ?

हाम्रो सरकार पुरै अन्धाे , बहिराे , लुलाेलंगडाे भइसकेकाे छ। हाम्राे देशका सरकारी संरचनाहरु पुरै भ्रष्ट छन् भने निजि संरचनाहरु दुखकाे बेला पैसा कमाउने लाेभि पापि भइसकेका छन्। त्यसैले यस्ताे संरचना भएकाे समुदायमा आम सर्वसाधारणहरुकाे जीवन निकै कष्टकर हुन्छ।

अहिले सरकार र सरकारी जागिरेहरु भ्रष्टाचार कताबाट गर्न सकिन्छ भन्ने तिर तल्लीन छन् भने निजि क्षेत्रका व्यावसायिहरु कालाे बजारि गर्ने तिर तल्लिन छन्। कोही कसैलाई आम सर्वसाधारण नागरिकहरुकाे जीवन रक्षाकाे पिर चिन्ता छैन।

सर्वसाधारणकै लाश गन्दैमा सरकार ब्यस्त छ। राजनीतिक दलहरु त्यहीँ लाशमाथि राजनिती गर्दैछन् । बिचाैलियाहरु कमिसन सेटिगंमै मस्त छन्। काेही- कसैलाई फुर्सद छैन, तपाईं हाम्राे जीवन रक्षाकाे बारे साेच्ने।
नेपाली समाजमा पुरानाे उखान छ नि , “अनिकालमा बीउ जाेगाउ , हुलहालमा जीउँ जाेगाउँ” ।

यहि कथन चरितार्थ भएकाे छ, अहिलेकाे नेपाली समुदायमा। याे काेराेना रुपी हुलहालमा जाे हाेसियार बन्याे , जाे सचेत बन्याे त्याे बच्याे, अरु त खै के- खै के। म आफू पनि काेराेनालाई नजिकबाट अनुभव गरेकाे सन्दर्भमा याे सामान्य राेग हुँदै हाेईन। याे निकै जटिल राेग हाे। यसलाई समान्य रुपमा लिने मुर्खता गर्याै भने तपाईं हामी भित्तामा झुन्डिएको तस्बिरमा सिमित हुने दिन टाढा छैन।

हाम्रो सानाे हेलचेक्राइले हाम्राे सानाे कमजोरीले ठुलै मूल्य चुकाउनु पर्ने हुनसक्छ। यसकाे मूल्य तपाईं हामिले मात्र हाेइन कि हाम्राे परिवार र सिंगो समाजले चुकाउनु पर्ने हुनसक्छ। त्यसैले हामी बेलैमा सचेत हुनु जरुरी छ। व्यक्ति , समुदाय ,सरकार तिनवटै संरचनाहरु मिलेेर याे महामारीकाे विरुद्ध लडिरहेका मुलुकहरुले त कति ठुलाे क्षति बेहाेर्नु पर्याे।तर तपाईं हामी त एक्लै लड्दै छाै, याे काेराेना रुपि युद्धसँग।

हामीले कति ठुलाे जटिलता बेहाेर्नु पर्छ हाेला याे परिस्थितिमा! त्यसैले आफू , आफ्नो परिवार र समाजलाई समयमै सचेत हुन सबैले आग्रह गराै ,काेराेनाबाट बच्न सचेतना अपनाउँ , विवाह , बर्तबन्ध , पास्नि , जन्मदिन लगायत अन्य चाडपर्व अर्काे बर्ष मनाउने याेजना बनाउ। यी र यस्ता काममा हुने फजुल खर्चहरु बाट वचत हुने रकम काेराेना पीडितकाे लागि खर्च गराै। सबैभन्दा पहिले आफू बाचाैँ , त्यस पछि अरुलाई बचाऔ। अनि तपाईं हामी सबै बाचाैँ।

हाम्राे सरकारले हाम्राे पीडा देख्ने वाला छैन, हाम्राे चीत्कार सुन्नेवाला छैन।याे केपी सरकारले नसुनेकाे हाेइन , प्रचण्ड सरकार भएपनि वा देउवा सरकार भएपनि सुन्नेवाला थिएन होला हाम्राे चीत्कार। हामी पिँडालु राेपेर आलुकाे अपेक्षा जहिले सम्म गरिरहन्छाैं त्यहि समयसम्म तपाईं हाम्राे हविगत यस्तै भइरहने छ।

याे काेराेना महामारीले हाम्राे घैटाेमा घाम लागाेस्। आलु खानकाे लागि आलु नै राेप्नु पर्छ नकि पिँडालु भन्ने चेतना हामी सबैमा जागाेस्।

जय देश जय नेपाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु