२०७७ फागुन २३ गते आइतवार | March 07, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ हिट नायिका पुजालाई “पर्खी बसेँ २”को विशेष अफर

हिट नायिका पुजालाई “पर्खी बसेँ २”को विशेष अफर

पछिल्लो समयकी हिट र निकै ब्यस्त नायिका पुजा शर्मालाई फिल्मका अफर आउने क्रम बाक्लो हुँदै गएको छ।त्यहीँ क्रममा नयाँ बन्न लागेको फिल्म पर्खी बसेँ २ बाट उनलाई अभिनय गर्न प्रस्ताव गरिएको छ।निर्देशक सौरभ चौधरीलाई ‘पर्खी बसेँ २’ उत्कृष्ट बनाउनुपर्ने चुनौती छ । किनकी, करिब एक दशकअघि रिलिज भएको चलचित्र ‘पर्खी बसेँ’ले व्यापारिक रुपमा राम्रो कमाई गर्यो । गोपिकृष्ण मुभिजबाट निर्माण भएको पछिल्लो हिट चलचित्र यही नै हो ।अब, गोपिकृष्ण मुभिज यही नाममा सिरिज बनाउँदैछ । चलचित्रको कथा लेखनको काम अगाडि बढिरहेको छ । वुझिएअनुसार, यो चलचित्रको पटकथा संचारकर्मी सुशिल पौडेलले लेख्दैछन् ।चलचित्रको मुख्य भूमिकामा को रहने भन्ने चर्चा पनि चलिरहेको छ। चलचित्रको निर्माणपक्षले भने नायिकाको रुपमा पूजा शर्मालाई अफर गरेको छ।नायिका पूजा शर्माले पनि चलचित्रको अफर आफूलाई आएको स्विकार गरिन्। चलचित्रका निर्देशक सौरभ चौधरी भन्छन्–‘हामी बलियो टिमअप बनाएर काम गर्ने तयारीमा छौ। यसका लागि कलाकार पनि बलियो चाहिन्छ। नायिका पूजा शर्मालाई अफर गरेको कुरा सत्हो।’चलचित्रमा २ नायक र एक नायिका हुनेछन्। सांगीतिक प्रेमकथामा नै यो चलचित्र बन्नेछ ।पूजासँगै चलचित्रको अफर नायक आकाश श्रेष्ठलाई पनि गएको छ। अर्का एक जना नायकको बिषयमा भने निर्माणपक्षले कसैलाई पनि अफर गरेको छैन। चलचित्रको छायांकन आउँदो बर्षबाट मात्र सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु