२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ १७ बर्षिय बालकले गरे आफ्नै बाबुको हत्या

१७ बर्षिय बालकले गरे आफ्नै बाबुको हत्या

सुनसरीको प्रकाशपुरमा बुबाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

बराहक्षेत्र नगरपालिका–९ स्थित प्रकाशपुर घर भएका ३८ वर्षीय उपेन्द्र पौडेलेको हत्या आरोपमा उनका १७ वर्षीय छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

विवाद हुँदा चिया पकाउने ताप्केले हिर्काउँदा घाइते भएका उपेन्द्रलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको र उपचारको क्रममा बिहिबार उनको मृत्यु भएको थियो।

बुवाको मृत्यु भएपछि छोरालाई पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको जनाइएको छ। नाबालक भएकाले प्रहरीले हत्या आरोपीको नाम सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु