२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ २५ भन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

२५ भन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ। यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीको आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ।

कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ।

त्यसअनुसार सीसीएमसीमा सिफारिस पठाएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।त्यही निर्णय भए विद्यालयका साथै आगामी वैशाखमा काठमाडौंमा हुने तय भएको त्रिकोणात्मक क्रिकेट सिरिज प्रभावित हुनसक्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु