Covid-19
City Express

३४ हजार भन्दा माथी कोरोना संक्रमित हुँदा झन्डै २१ हजार निको भएर घर फर्किए

संख्यात्मक हिसाबले तुलना गर्ने हो भने पोर्चुगलमा कोरोना संक्रमितको संख्या उच्च मात्रामा छ ।यद्यपि निको भएर घर फर्किने संख्या पनि वृद्धि भएको हुँदा महामारी नियन्त्रणमा आउँछ कि भन्ने आशाका किरणहरु श्रीजना भएका छन्।

स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो तथ्यांक अनुसार थप ३ सय ४२ जना कोरोना संक्रमित फेला परेका छन् भने थप ५ जनाको ज्यान गएको छ।

नयाँ संक्रमित सँगै कुल संक्रमीत संख्या ३४ हजार ६ सय ९३ पुगेको छ भने हालसम्म १४ सय ७९ को मृत्यु भैसकेको छ।पछिल्लो विवरण अनुसार २० हजार ९ सय ९५ जना मानिस अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको महानिर्देशनालयले जनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु