गृहपृष्ठ ७ दिनको अन्तरालमा दुइभाइको मृत्यु भएपछि गाउँ नै शोकमग्न
७ दिनको अन्तरालमा दुइभाइको मृत्यु भएपछि गाउँ नै शोकमग्न

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.३ मैनहियामा ७ दिनको अन्तरालमा दुइ दाजुभाइको मृत्यु भएपछि गाउँ नै सोकमग्न भएको छ।
शुद्धोधन ३ निवासी लिलबहादुर भण्डारी र मायादेवी भण्डारीका कान्छा छोरा बाबुराम भण्डारी भारतमा अकस्मात निधन भएको सोमबार ७ दिन भएको थियो।
७ दिनको दिन दाजुभाइ आफन्तजन घोत,खर्च मिसाउन भन्दै आएका थिए त्यही दिन शोक सभाको पनि तयारी हुँदै थियो। घोत,खर्च मिसाउन आएका आफन्त,इष्टमित्रमा अर्को दुखद खबरले सन्नाटा छायो।
भाइको मृत्युपछि भारतबाट घर शब ल्याएका उनका साथिलाई छोड्न गएका उर माइला दाजु हरिबहादुर भण्डारी सुनौलो पुगेका कैले नफर्किने गरि उतैबाट अस्ताए ।
उनको सुनौली नजिकै स्कुटी दुर्घटनामा निधन भयो।
कान्छा छोरा बाबुरामको निधनले विक्षीप्त भएको परिवारको चोट सेलाउन नपाउदै फेरि हरिबहादुरको निधनले परिवारमा ठुलो ब्रजपात आएको छ। ३ जना छोरामध्ये २ जना छोरा गुमाउदा बाबुआमाको मन कस्तो भएको होला ?
दुर्घटनापछि पोस्ट्मार्टम गरेर घर पुर्याउदा परिवार,आफन्तको चित्कारले त्यहा उपस्थित सबैको आखाबाट आँसु झरिरहेका थिए
कोहि भने त्यो दृश्य हेर्न नसकेर भक्कानिएका थिए अनि भन्दै थिए ” हे!! भगवान यस्तो घटना कसैको परिवारमा नहोस”।७ दिन अघि मृत्यु भएका बाबुरामको श्रीमती सहित १/१ छोराछोरी थिए भने माइला हरिबहादुरको भने श्रीमतीसहित २ छोरीहरु छन।