२०७८ वैशाख ५ गते आइतवार | April 18, 2021

Bharat Poudel

गृहपृष्ठ ८ सय बर्ष पछि दुई ठुला ग्रह वृहस्पति र शनि नजिक हुँदै,नेपालको आकाशबाट पनि हेर्न सकिने

८ सय बर्ष पछि दुई ठुला ग्रह वृहस्पति र शनि नजिक हुँदै,नेपालको आकाशबाट पनि हेर्न सकिने

सौर्य मण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन्। बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया भए पनि धेरै वर्षपछि नजिक देखिनु खगोलशास्त्री र अन्तरिक्षविद्का लागि विशेष महत्व रहने बताउनुभयो।

वृहस्पति र शनि ग्रहबीचको यस्तो प्रक्रिया हरेक २० वर्षको अन्तरालमा देखिए पनि रातिको समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था आठ सय वर्षपछि मात्र आएको हो। उहाँका अनुसार यस्तो दुर्लभ दृश्य नेपालका सबै ठाउँबाट खाली आँखाले अवलोकन गर्न सकिन्छ।

उहाँले शनि र वृहस्पति बिहान ९ बजेअघि नै उदाउने र साढे ७ बजे अस्ताउने भएकाले तथा वृहस्पति र शनिभन्दा माथि सोही समयमा अर्धचन्द्रमा सहित देखिने भएकाले पौने ६ बजेदेखि ७ बजेभित्र अवलोकन गरिसक्नुपर्ने बताउनुभयो।

स्रोत:गोर्खापत्र

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु