गृहपृष्ठ मलेसियामा मनाईयो १६ औ राष्टिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस
मलेसियामा मनाईयो १६ औ राष्टिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस

मलेसियामा रहेका नेपालका सबै भन्दा पछाडि पारिएका चमार समुदायका युवाहरुले १६ औ राष्टिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाएका छन । चमार युवाहरु संगठित रुपमा चमार कल्याण समाज प्रवासी कमिटि मलेसिया गठन गरेर विगत लगभग तिन बर्ष देखि विभिन्न समाजिक कार्यहरु गर्दै आईरहेका छन । सिडब्लुएस मलेसियाको आयोजनामा चमार जातिका मलेसियामा रहेका सबै युवाहरु मिलेर भर्चुवल माध्यमबाट सो दिवस मनाएका हुन । समाजका अध्यक्ष नन्दलाल राम चमारको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सचिव सुरेश चमारले नेपालमा छुवाछूत उन्मुलन १६ वर्ष भए पनि नेपाली चमार जातिहरु, डोम , मुसहरहरु अझै पनि कुनै अनुभुती पनि गर्न नसकेको बताउनुभयो । उहाले अहिले पनि नेपालमा आफुहरु जस्ता युवालाई राज्यबाटै प्रचालित संस्था , गैरदलितहरुले संगठनिक रुपमै हत्या , विभेद गर्न आतुर रहेकोले यसको निराकरण गर्न सबै उत्पीडित समुदायहरु लाग्नुपर्ने आग्रह गर्नु भयो । त्यस्तै समाजकै महासचिव रामकिसोर मोची चमारले आफुहरु सदियो देखि जातीय भेदभाव तथा छुवाछूत भोगी रहेको छौँ र दैनिकी छुवाछूतको विभेदमा छौँ । हामी यसको विरुद्धमा छौँ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको परिवेश २१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
अहिलेसम्म यो समाजमा अन्त्य भएको छैन । विसं २०६३ अगाडि छुवाछुत विरुद्ध नेपाली कानुन व्यवस्था यस प्रकार रहेको थियो । आज भन्दा ५९ वर्ष अगाडि नै, विसं २०२० मा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह देवले मुलुकी ऐनमा छुवाछुत र भेदभाव गर्न नपाइने कानुन ल्याएको पाइन्छ यद्यपि उक्त कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले व्यवहारमा जातीय भेदभाव कायम नै रहेको छ ।
कार्यक्रममा समाजका नियम तथा अनुसन्धान विभाग प्रमुख रामवावु महरा, रामबाबु राम, सुचना प्रमुख देवनारायण महरा, अमरजित महरा, वरिष्ठ सल्लाहकार भोगेन्द्र महरा सल्लाहकार ,संन्त शिव कुमार महरा, सल्लाहकार कमलेश महरा, कोषाध्यक्ष सुरेन महरा, सदस्य रघुनाथ महरा, भुलावन महरा, कपिल महरा, संकर राम, सहसचिव रामपुजन राम, चमार कल्याण समाज मलेसियाका पदधिकारीहरु र सदस्यहरु र रौतहट भ्वाईसका संचालक एवमं नेपाल पत्रकार महासघं पर्साका कार्यसमिति सदस्य सुवास राम चमार सहभागिता रहेकोे थियो ।