२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ साईप्रसमा चौथो एनआरएनए कप आयोजना हुदै ..

साईप्रसमा चौथो एनआरएनए कप आयोजना हुदै ..

नेपाली समुदायहरुको महान चाडं विजयादशमी (दसै)को अवसरमा गैरआवासीय नेपाली सघं साईप्रसले अक्टोबर २५ तारिखका दिन चौथो एनआरएनए कप आयोजना गर्ने भएको छ ।

एनआरएनए साईप्रसका सचिव पुरन मगरका अनुसार साईप्रसमा रहेका नेपाली युवाहरुको स्वस्थ्य एवमं आत्मबल मजबुद बनाउन , नेपाली समुदायहरुलाई एकता गर्ने उद्देश्यले एनआरएनए कप आयोजना गरिरहेको जानकारी दिनुभयो ।

सचिव मगरका अनुसार फुटबल प्रेमीहरुका लागि फुटसल , महिला दिदी बहिनी तथा दाजुभाईहरुका लागि भलिबल प्रतियोगिता साथमा महिला एवमं पुरुषहरुका लागि एक सय मिटर र चार सय मिटर दौडको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनु भयो ।

एनआरएनएले अयोजना गर्न लागेको यो प्रतियोगितामा साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुसगं सहकार्य गरेर खेल हुने स्थान , समय , र प्रवेश शुल्क छिट्टै निर्धारण गरेर सर्बजनिक सुचना मार्फत जानकारी गराईने जनाएको छ ।

साथै खेलमा पुरस्कार लगाएतका विषयमा यहा रहेका खेलप्रेमी एवम खेलाडी, समाजिक सघंसस्थाहरुलाई सहभागि हुनका लागि एनआरएनए साईप्रसले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु