गृहपृष्ठ विश्वकै लामो बागलुङको अदुवाबारी झोलुंगे पुल निर्माण कार्य सम्पन्न
विश्वकै लामो बागलुङको अदुवाबारी झोलुंगे पुल निर्माण कार्य सम्पन्न

झोलुंगे पुलको जिल्ला भनेर चिनिने बागलुङ जिल्लामा संसारभरीका पर्यटक तान्न विश्वकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण गरिएको छ।
प्रकृतिसँग रमाउन खोज्ने विश्वका पर्यटकहरुलाई आकर्षित गर्न पुल निर्माणसगैँ बत्ती जडानको काम अहिले अन्तिम चरणमा छ।
विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले देश बन्दाबन्दी भएपछी थला परेको पर्यटन व्यवसायलाई टेवा दिने गरी आन्तरिक तथा बाह्य पर्यटक तान्नको लागि बागलुङ नगरपालिकाले प्रयास गरिरहेको छ।
बागलुङ नगरपालिका वडा नम्बर १ बांगेचौर देखि पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ अदुवावारी जोड्ने ५६७ मिटर लामो विश्वकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण सकेर हस्तान्तरणको पर्खाईमा छ।
पुलमा रातिको समयमा वारपार गर्न सहज होस् भन्ने उद्देश्यले लाईट जडानको काम भैरहेको छ। सिंगल स्पानमा निर्माण भएको विश्वकै लामो पुललाई थप आकर्षक बनाउन लाईट जडान गर्न लागेको नगरपालिकाले जनाएको छ।