गृहपृष्ठ मेरो रिजर्भेसन मार्फत वेबसाईट सार्वजनिक
मेरो रिजर्भेसन मार्फत वेबसाईट सार्वजनिक
मेरो रिजर्भेसनका दुई फ्रिल्यांसरहरुको वेबसाईड सार्वजनिक

गुरु पुर्णिमाको अवसर पारेर पोल्याण्डबाट सन्चालित मेरो रिजर्भेसनको आफ्नो घोषणा गरे बमोजिम हिजो एक कार्यक्रमबीच आफ्ना दुई फ्रिल्यान्सरहरुलाई जोड्दै नेपाली भान्सामा प्रयोग हुने सामानहरु अर्डर गर्न सजिलो होस् भनेर विशेष अधिकार सहित दुई वेबसाईडहरु सार्वजनिक गरिएको छ।
दुई फ्रिल्यान्सरहरु शिवधर महतो र अभिनाश डंगोलका क्रमश “एसियनफूड . किकसप्स . कम” र “मेरोबजार . किकसप्स . कम” नाम दिएको अनलाईनबाट सेवा ग्राहिहरुले सजिलै आफुलाई चाहिने सामानहरु घरमै बसी अर्डर गर्न सक्नेछन्।
अनलाईनको जमाना झन अहिले कोरोनाभाइरसको महामारीको बेला बाहिर दोकानहरु गईरहनु भन्दा घरमै बसेर आफुले चाहिएको समान होम डेलिभरी सहितको सुबिधा रहेको सो अनलाईनहरुबाट पक्कै पनि सेवा ग्राही हरुले फाईदा लिने छन् भन्ने कुरामा मेरो रिजर्भेसनका दुई फ्रिल्यान्सरहरु ढुक्क छन्।
कोरोनाको त्रासको कारण ठुलो कार्यक्रम नगरी सामान्य अबिर टिका लगाएर आधिकारिक रुपमा वेवसाईड हस्तान्तरण गरिएको घोषणा गरिएको थियो।
सोहि अवसरमा उपस्थित व्यक्तिहरुलाई अर्डर गर्न पनि सिकाइएको थियो भने नविन पुन मगरले आफुलाई चाहिएको खाद्यन्नहरु सोहि कार्यक्रममै एसियनफूड्स मार्फत अर्डर गरेका थिए।
आफु फ्रिल्यान्सर भएर मेरो रिजर्भेसनमा काम गर्न पाउँदा दुवै फ्रिल्यान्सरहरुले खुसि एवं संचालक पार्देलाई धन्यवाद ज्ञापन गरेका छन्। त्यस्तै पार्देले पनि दुवै फ्रिल्यान्सरहरुलाई अगाडी बढ्न शुभकामना ब्यक्त गरेका छन्।
फ्रिल्यान्सर महतोले पार्दे आफ्नो गुरु समान रहेकोले गुरु पुर्णिमाको अवसर दिएको आशिर्वाद लागि जाओस् भन्दै आफुप्रति गरिएको विश्वास प्रति कृतज्ञ रहेको बताए। अर्का फ्रिल्यान्सर डंगोलले पनि आफुले चाहेको क्षेत्रमा सहकार्य गर्न पाउँदा साच्चै अनुभव एवं समयको सदुपयोग गर्न पाएकोमा पार्देप्रति आफु सँधै ऋणी रहेको बताए।
त्यस्तैगरि मेरो रिसर्भेसनका मुख्य संचालक मित्रलाल पार्देले फ्रिल्यान्सरहरुको सहकार्यले मेरो रिजर्भेसनलाई थप मुर्त रुप दिन सहज भएकोमा खुसि ब्यक्त गरेका छन्।
मेरो रिजर्भेसनको अभिलिएसन रहने गरी फ्रिल्यान्सरहरु आफैले बजार व्यवश्थापन एवं प्रबर्धन गर्ने छन्। सुरुमा तीन दर्जन भन्दा बढी खाद्य सामानहरु राखेर सुरु गरिएको अनलाईन पोर्टलमा ग्राहकको चाहना एवं इच्छा बमोजिम थप सामानहरु राख्दै जाने जानकारी गरिएको छ।
सार्वजनिक गरिएका वेबहरु:
https://asianfood.kickshops.com/
https://merobazar.kickshops.com/
हाललाई पोल्याण्डबाट सुरुवात गरिएको फ्रिल्यान्सरहरु विश्वभरि भैलाउने पार्देको लक्ष्य छ। जहाँ हंजारौ कम्पनीका रिजर्भेसन सम्बन्धि अनलाइन वेबसाईटहरु भेट्न सकिने मेरो रिजर्भेसन पहिलो चरणमा खाना हरु मार्फत सुरु गरिएको छ।
चार वर्षमा एक हजार फ्रील्यान्सर बिश्वब्यापी बनाउने लक्ष्य मेरो रिजर्भेसन अनलाइन सेवाको छ । सो कार्यक्रमहरुमा उपस्थित सबैले अनलाईन पोर्टलको सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए।
सार्वजनिक गरिएका वेबसाईड मार्फत सिधै तथा मेरो रिजर्भेसनको आधिकारिक वेवसाईड दुबैबाट जान सकिने गरि निर्वाण गरिएका छन्। मेरो रिजर्भेसन अन्लाइन फ्रील्यान्सिङ बजार वेबसाईटहरुमा ग्राहकहरुले तुरुन्तै बैंक कार्ड मार्फत तिर्ने र पछि डेलिभरी आए पछि तिर्ने दुईटै विकल्प राखिएका छन्।
यस अघि नै फ्रिल्यान्सरका रुपमा नियुक्त भएका महतो र डंगोलहरु मार्फत विभिन्न रिजर्भेसन एवं सेवाहरु दिईरहेका छन्।हाललाई वेबसाईडबाट सेवा दिईरहेको भए पनि ग्राहक एवं सेवा ग्रहिहरुको सुविधालाई ध्यानमा राखेर छिट्टै नै मोबाईल एप्लिकेसन मार्फत सेवा सुचारु गर्ने योजना रहेको पनि जानकारी गराइएको छ।