गृहपृष्ठ थप १८० जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या झन्डै १६ हजार पुग्यो
थप १८० जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या झन्डै १६ हजार पुग्यो

हिजोको तुलनामा नेपालामा आज भने कोरोना संक्रमित संख्या न्यून मात्रामा बढेको देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार थप १८० जना वेक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण थप १ जनाले ज्यान गुमाएका छन्।
यो सँगै कुल कोरोना संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ८११ पुगेको छ ।हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको मन्त्रालयले जनाएको छ।