२०७९ असोज ७ गत शुक्रवार | September 23, 2022

Bharat Poudel

गृहपृष्ठ गुल्मी सेवा समाज माल्टा गठन,अशोक गिरी चुनिए अध्यक्ष

गुल्मी सेवा समाज माल्टा गठन,अशोक गिरी चुनिए अध्यक्ष

युरोपेली मुलुक माल्टामा गुल्मी सेवा समाज माल्टा गठन गरिएको छ।विभिन्न क्षेत्रका गुल्मेलीहरुको एक भेलाले अशोक गिरीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो।

यही असार १५ गतेको दिन भएको भेलापछि गठित समितीको उपाध्यक्षमा दिपक भण्डारी, उपाध्यक्ष शंकर भण्डारी, महिला उपाध्यक्ष सविता ज्ञवाली, सचिव राम प्रसाद भण्डारी, सह-सचिव हरि खरेल, कोषाध्यक्ष अर्जुन कनौजे र सह-कोषाध्यक्षमा दिपक गौतम चयन भएका छन।
त्यस्तै, सदस्यहरूमा अन्जु गौतम,लालु गिरी, शुशिल खत्री, युवराज भट्टराई खिमानन्द खरेल, प्रकाश थापा, श्रीराम अर्याल, केशव भण्डारी रहेका छ्न।

त्यस्तै, राजु अर्यालको संयोजक्तवमा सल्लाहकार समिती समेत गठन गरिएको छ। जस्को सदस्यहरुमा बिष्णु गौतम, रेमलाल खरेल, भुवन अर्याल, तोय नारायण पंगेनी रहेका छन ।

उक्त कार्यक्रमको संचालन युवा समाजसेवी तथा व्यवसायी भुवन अर्यालले गरेका थिए।सस्था गठन सँगै गुल्मेलीहरुको समस्या र कठिनाइलाई निराकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु