गृहपृष्ठ पोल्यान्डमा दुई नेपालीको असामयिक निधन
पोल्यान्डमा दुई नेपालीको असामयिक निधन

युरोपेली मुलुक पोल्यान्डमा दुई नेपालीको ज्यान गएको छ।
अस्पतालमा उपचारको क्रममा ३१ बर्षिय राजु न्यौपाने र ४४ बर्षिय रमेश ढकालको गएको मंगलबार निधन भएको हो।
मृतक रमेश ढकाल विगत १२ बर्षदेखि पोल्यान्डमा बस्दै आएका थिए भने न्यौपाने केही बर्षदेखि पोल्यान्डको क्राको शहरमा रहेको एक रेस्टुरेन्टमा काम गर्दै आएका थिए।
नेपालको गुल्मी घर भएका न्यौपानेको आमा,श्रीमती र ५ बर्षकी छोरी रहेको बताइएको छ।स्वर्गीय न्यौपानेको शुक्रबार अन्तिम दाहसंस्कार गर्ने अन्तिम तयारी भैरहेको एनआरएनए पोल्यान्डले जनाएको छ भने अर्का मृतक ढकालको भने प्रक्रियामा रहेकाले टुंगो लागिनसकेको बताइएको छ।