२०७९ असोज १२ गत बुधवार | September 28, 2022

Bharat Poudel

गृहपृष्ठ राजदूत अधिकारीले पोर्चुगलका रास्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने

राजदूत अधिकारीले पोर्चुगलका रास्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने

युरोपका फ्रान्स,पोर्चुगल लगायतका रास्ट्रहरु समेत हेर्दै आएका फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी पोर्चुगल आउने भएका छन्।

राजदूत अधिकारी आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्न पोर्चुगल आउन लागेको जनाइएको छ।जुलाई २० तारिखमा पोर्चुगलका रास्ट्रपति मार्सेलो दि सिल्भासँग एक विशेष समारोह बीच राजदूत अधिकारीले ओहोदाको प्रमाणपत्र पेश गर्ने छन्।

जुलाई १८ तारिखमा राजदुत अधिकारी लिस्वनमा रहेको अबैतनिक बाणिज्य दुत कार्यालयमा स्वयं उपस्थित हुनेछन् भने उक्त दिन कार्यालयबाट दूतावास सम्बन्धि सम्पूर्ण सेवा तथा परामर्श दिने एक सूचना मार्फत जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु