गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय नाघ्यो

शुक्रबार नेपालमा १ सय १८ नयाँ कोरोना संक्रमित थपिएका छन्।
यो केही दिन यताको न्यून वृद्धिदर भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १२० जना कोरोनामुक्त भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ।मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाका कारण ३५ जनाले ज्यान गुमाइसकेका छन्।