गृहपृष्ठ अनेसास केन्द्रको निर्वाचन,महासचिवमा विनोद स्पनदनले उम्मेदवारी दिने
अनेसास केन्द्रको निर्वाचन,महासचिवमा विनोद स्पनदनले उम्मेदवारी दिने

अन्तरास्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल शाखाका अध्यक्ष विनोद स्पन्दनले आगामी अनेसास केन्द्रको निर्वाचनमा महासचिव पदका लागि उम्मेदवारी दिने भएका छन्।
शुक्रबार सामाजिक संजाल मार्फत बिज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन्।विगत केही बर्षदेखि पोर्चुगलमा बस्दै आइरहेका स्पन्दन प्रवासबाटै नेपाली साहित्य ,कला र संस्कृतिको उत्थानकालागि निरन्तर आवाज उठाउदै आएका छन्।
उनका हरेक कविता र मुक्तकमा नेपाली माटो र नेपालीत्व झल्केको पाइन्छ। डायस्पोरामा नेपाली भाषा र साहित्यमा सकारात्मक विकासको पहरेदारी गर्ने उद्देश्यका साथ महासचिवमा उम्मेदवारी दिएको स्पनदनले उम्मेदवारी घोषणा मार्फत बताएका छन्।
“साहित्यिक सस्थामा देखिने गलत आचरण ,विकृति र विसंगतिको अन्त्य गर्दै साच्चिकै सस्थालाई नेपाली भाषा र साहित्यपर्ति लगनशील र मर्यादित गराउननै मेरो उम्मेदवारीको मुख्य उद्देश्य हो”,स्पन्दनले बिज्ञप्तिमा भनेका छन्”।बाकी स्पनदनको बिज्ञप्तिबाट….