गृहपृष्ठ गायक राजेश बर्देवाको संगीतमा दिदीभाइ तीज गीत बजारमा
गायक राजेश बर्देवाको संगीतमा दिदीभाइ तीज गीत बजारमा

- कोरोना कहरका बीच तिजका गीतहरु बजारमा आउने क्रम जारी नै छ।
यही भिडका बीचमा राधिका हमाल र राजेन्द्र कंडेलको आवाज रहेको तीज गीत दिदिभाइ बजारमा आएको छ।
मौलिकता र पछिल्लो समसामयिक परिवेशलाई पर्दामा उतारिएको यस एल्बममा निर्मला सुवेदीको शब्द रहेको छ भने सर्जक एवं गायक राजेश बर्देवाको संगीत रहेको छ।
भिडियोमा चर्चित मोडल ओबि रायमाझी र शोभा त्रिपाठिले अभिनय गरेका छन्।
गीतमा प्रदेशबाट स्वदेश आएको भाइ क्वारेन्टाइनमा बस्नु परेको, तीजमा आफ्नो दिदीबहिनी अर्थात चेलिबेटी लिन जान नपाएको, उता माइतिको बाटो हेरेर बसेकी चेलिको कथा ब्यथा लगायत यस्तै-यस्तै बिषय समावेश गर्न खोजिएको छ।
गीतमा बिक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ।