२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ सप्तकोशी नदीमा पानीको बाहाव बढ्यो,आसपासका क्षेत्र उच्च जोखिममा

सप्तकोशी नदीमा पानीको बाहाव बढ्यो,आसपासका क्षेत्र उच्च जोखिममा

पछिल्लो समय कोरोना कहरसँग जुधिरहेको नेपाल बाढी र पहिरोका कारण पनि प्रभावित बनेको छ।

अविरल बर्षाका कारण देशभर बाढी र पहिरो जाने क्रम बढेको छ।निरन्तर बर्षा भएसँगै सप्तकोशी नदीमा पनि पानीको बाहाव उच्च भएको छ।

शुक्रबार २ लाख ५४ हजार ६१५ क्युसेक मापन गरिएको पानीको बहाव शनिबार बढेर २ लाख ७४ हजार ३६५ क्युसेक मापन गरिएको छ।

बाहाव उच्च भएसँगै कोशी ब्यारेजको ४० ओटा ढोका खोलिएको छ भने त्यस आसपासका क्षेत्रमा बाढीको जोखिम पनि बढेको छ।

विगतमा पनि सप्तकोशी नदीमा आएको बाढीले तराई क्षेत्रमा ठुलै जन-धनको क्षती पुर्याएको थियो।

जोखिमयुक्त अवस्थालाई मध्येनजर गर्दै नदी वरपरका जनतालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपिल समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु