गृहपृष्ठ ए आम्मै मयाकै पिरले तीज गीतको सर्वत्र चर्चा
ए आम्मै मयाकै पिरले तीज गीतको सर्वत्र चर्चा

माया मारेर गीतबाट एकाएक चर्चाको शिखरमा पुगेका गायक नरेश खाती र गायिका समिक्षा अधिकारीले तीजको गीतमा पनि सहकार्य गरेका छन्।
यस अघि उनिहरुको आवाजले धेरैलाई मन्त्रमुग्ध पारेको थियो भने यसपालि पनि दर्शकहरु गीतमा झुम्ने संकेत देखिएको छ।
हिजो मात्रै हिम सम्झौता डिजिटल मार्फत ए आम्मै मयाकै पिरले नामक तीज गीत युटुवमा सार्वजनिक गरिएको थियो भने उक्त गीतमा धेरै दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।
गायक नरेश खातीकै शब्द तथा संगीतमा भाइरल गायिका समिक्षा अधिकारीले आवाज दिएकी छिन् भने पुरुषतर्फ स्वयं गायक खातिकै स्वर रहेको छ।
मौसम हिमालीले निर्देशन गरेको यस गीतमा चर्चित मोडल द्वोय धुर्ब हिमाली र उषा उप्रेतीको उत्कृष्ट अभिनय रहेको छ।
नन्दराम परियारको प्रस्तुतीमा गीतलाई हिम सम्झौता डिजिटल प्रालि मार्फत बजार ब्यबस्थापन गरिएको छ।