गृहपृष्ठ पोर्चुगलमा आज मात्रै ५ सय ४२ कोरोना संक्रमित थपिए,संक्रमित संख्या ४६ हजार नाघ्यो
पोर्चुगलमा आज मात्रै ५ सय ४२ कोरोना संक्रमित थपिए,संक्रमित संख्या ४६ हजार नाघ्यो

केही दिन यता पोर्चुगलमा कोरोना संक्रमित संख्या उच्च मात्रामा बढेको सरकारी तथ्यांकले देखाएको छ।
स्वास्थ्य महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार आज मात्रै ५ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् भने थप ८ जनाले ज्यान गुमाएका छन्।
यो सँगै कुल संक्रमित संख्या ४६ हजार २ सय २१ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६ सय ५४ पुगेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयले दिएको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५ जना वेक्ती कोरोना मुक्त भएर घर फर्किएका छन्।यसरी हालसम्म ३० हजार ६ सय ५५ जना वेक्ती पूर्णरुपमा निको भएर घर फर्किएको निर्देशनालयले उल्लेख गरेको छ।