गृहपृष्ठ नेपालमा कोरोना संक्रमितदर तुलनामा निको हुने संख्या बढी
नेपालमा कोरोना संक्रमितदर तुलनामा निको हुने संख्या बढी

नेपालमा पछिल्लो समय सरकारले उपलब्ध गराएको तथ्यांक अनुसार कोरोना भाइरस संक्रमण घटेको देखिन्छ भने तुलनात्मकरुपमा निको हुने संख्या बढेको देखिन्छ।
यद्यपि सरकारले दिएको तथ्यांकलाई कतिपयले तथ्यहिन भनेर आरोप पनि लगाएका छन्।पिसिआर परिक्षण दायरा घटाएर संक्रमित संख्या घटेको देखाइएको हो भन्ने सरकारमाथी आरोप पनि छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार १ सय ४४ मात्र कोरोना संक्रमित थपिएका छन भने निको हुने संख्या १० गुणा बढी छ।
पछिल्लो २४ घण्टामा मात्रै १ हजार ७ सय ५ जना कोरोना मुक्त भएर घर फर्किएका छन्।यो सँगै निको हुने संख्या मात्र १० हजार २ सय ९४ पुगेको छ भने कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ।