२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ उर्जावान युवा खरेलको नेतृत्वमा युवाहरू जुटे मन्दिर सरसफाइमा,चम्कियो बाईसधारा

उर्जावान युवा खरेलको नेतृत्वमा युवाहरू जुटे मन्दिर सरसफाइमा,चम्कियो बाईसधारा

गरे के हुदैन र! असम्भव के नै छ र!मनै देखि आटे असम्भवलाई पनि सम्भव तुल्याउन सकिन्छ।

त्यस्तै नमूना कार्यको गतिलो उदाहरण पेश गरेका छन- गुल्मीका युवा विमल खरेल सहितका युवाहरूले।

कोरोना संक्रमणको महामारीका बेला पनि ३२ बर्षिय खरेलको नेतृत्वमा युवाहरुको समुहले काठमाडौंको बाइसधारामा रहेको जिर्णोद्वार मन्दिर सफा गरेर उदारहणिय कार्य गरेका छन्।सो कार्यमा नेपाली दुई शब्द नामक फेसबुक ग्रुपका सदस्यहरुको पनि साथ रहेको खरेल बताउँछन्।

अस्ट्रेलिया बस्दै आएका खरेल केही महिना अगाडि छुट्टी मनाउन नेपाल आएका थिए भने जापानमा रहेका यादव गैरे बिदा मनाउने सिलसिलामा नेपाल आएका थिए।

लकडाउनका कारण खरेल अस्ट्रेलिया फर्कन सकेनन् भने यादव पनि रोकिए।तर उनीहरुले लकडाउनको समय भने खेर जान दिएनन्।

उनीहरुको समुहमा कृपेश खरेल सहितका युवाहरूले पनि साथ दिएका छन्।उनीहरुले काठमाडौ स्थित बाइसधारामा रहेको मन्दिर र त्यस आसपासका शिवलिंग सफा गरेर प्रयोजनका लागि तयार गरेका छन्।

बर्षौ देखि धुलोमैलो र लेउ लागेर जिर्ण अवस्थामा पुगेका शिवलिंगलाई खरेल सहितको समुहले सफा गरेर चम्काएका हुन्।

खरेलका अनुसार अहिलेसम्म झन्डै २४ ओटा शिवलिंग सफा भैसकेका छन् भने अरु बाकी सफाइ प्रक्रियामा रहेका छन्।

सफा भैसकेका शिवलिंगलाई रंगरोगन पछि संचालनमा ल्याउन सकिने खरेलले बताए।आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिने खरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु