२०७९ असोज ११ गत मंगलवार | September 27, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो

नेपालमा पछिल्लो तथ्यांकका आधारमा कोरोना संक्रमित संख्या न्यून मात्रामा बढेको देखिएतापनि मानिसहरुमा त्रास भने कायमै देखिन्छ।

आज मात्रै थप ११६ जना संक्रमित थपिएका छन्।यो थपिएको संख्या सँगै कुल संक्रमित संख्या १७ हजार ६१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ३४ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ।पछिल्लो २ दिनयता मृत्यु संख्या भने स्थिर रहेको छ।अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु