गृहपृष्ठ ११६ जना नयाँ संक्रमित थपिए,कोरोनाका कारण थप एक जनाको ज्यान गयो
११६ जना नयाँ संक्रमित थपिए,कोरोनाका कारण थप एक जनाको ज्यान गयो

नेपालमा आज मात्रै १ सय १६ जना नयाँ संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत प्रवक्ता जागेश्वर गौतमले सो कुराको पुष्टि गरेका हुन्।
देशभरका प्रयोगशलामा पाँच हजार ९० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। यससँगै कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ।
कोरोना कारण थप एक जनाले ज्यान गुमाएका छन्।मृत्यु हुनेमा रौतहटका ३६ बर्षिय पुरुष रहेको मन्त्रालयले जनाएको छ।
यो सँगै कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या ३९ पुगेको मन्त्रालयले उल्लेख गरेको छ।