गृहपृष्ठ पोर्चुगल अपडेट:३ सय ३९ संक्रमित थपिए,कुल संक्रमित ४७ हजार ७ सय भन्दा माथी
पोर्चुगल अपडेट:३ सय ३९ संक्रमित थपिए,कुल संक्रमित ४७ हजार ७ सय भन्दा माथी
पोर्चुगलमा अहिलेसम्म कोरोना संक्रमणदर न्यून हुने कुनै भरपर्दो लक्षण देखिएको छैन।
स्वास्थ्य महानिर्देशनालयका अनुसार आज मात्रै ३३९ संक्रमित थपिएका छन् भने थप ३ जनाको ज्यान गएको छ।
यो सँगै कुल संक्रमीत संख्या ४७ हजार ७ सय ६५ पुगेको छ भने मृत्यु हुने संख्या १ हजार ६ सय ७९ पुगेको छ।
हालसम्म ३२ हजार ४ सय ७६ मानिस कोरोना मुक्त भएर घर फर्किएको महानिर्देशनालयले जनाएको छ।