Covid-19
City Express

गुल्मीको मुसिकोटमा शोकसभा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मुसिकोट नगर कमिटीको आयोजनामा मुनपा-२,कालिरह स्थित सुरेन्द्र नेपालीको निवासमा शोक सभा कार्यक्रम सम्पन्न भएको छ।

पार्टीको जिल्ला कमिटी सदस्य रहनु भएका सुरेन्द्र नेपालीकी ममतामयी माता बुधी नेपालीको दु:खद निधन प्रती श्रध्दान्जली तथा शोक सन्तप्त परिवारजनमा समबेदना ब्यक्त गर्नका लागि नगर कमिटीले शोक सभाको आयोजना गरिएको नगर कमिटी सचिव अग्निधर लोहनीले बताऊनु भयो।

शोक सभामा प्रमुख अतिथीको रूपमा शोक मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख शोमनाथ सापकोटाले स्वर्गिय माता बुधी नेपालीको संझना गर्दै सम्पुर्ण शोक सन्तप्त परिवार तथा आफन्तजन हरूप्रती धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी कामना गर्नु भएको थियो।

स्वर्गीय आमा बुधी नेपाली निकै सरल,सभ्य र ईमान्दार हुनुहुन्थ्यो भन्दै उहाँको सपना पुरा गर्न परिवारजनसंग अनुरोध गर्नु भयो।मन्तब्यको क्रममा प्रमुख अतिथी नगर प्रमुख सापकोटाले जीवनमा आमा बुवा गुमाऊदा हुने पिडाको संस्मरण गर्दै यस बिसम परिस्थितीमा शोक लाई शक्तिमा बदल्नको लागि सबै परिवारजन हरू संग आग्रह गर्नु भएको थियो।

शोक मन्तब्य राख्दै नगर अध्यक्ष खुमबहादुर थापाले स्वर्गिय वुधी नेपालीको परिवारले नेपालको बामपन्थी आन्दोलनमा निभाएको भुमिकाको प्रसंसा गर्दै बाँचेका हरूले उहाँको सपना पुरा गरेरै छोड्ने प्रतिबध्दता ब्यक्त गर्नु भयो।

अभिभाबक गुमाएको दुखको क्षणमा आफ्ना मित्रको निवासमा पुगी सहानुभुती प्रकट गर्ने उध्देश्यका साथ आफु कार्यक्रममा सहभागी भएको मुनपाका आर्थीक संयोजक प्रकाश काफ्लेले हामी संग बताऊनु भयो।

शोक सभामा नेकपाका नेता,कार्यकर्ता,जनप्रतिधी हरू लगायत स्वर्गीय बुधी नेपालीका आफन्त हरूको बाक्लो उपस्थिती रहेको थियो।स्वर्गीय बुधी नेपालीका हाल चार छोरा हरू रहनु भएको छ।

स्व नेपालीको यहि असार २६गते ७७बर्षको उमेरमा दुखद निधन भएको थियो। शोकसभामा नगरप्रमुख शोमनाथ सापकोटाको प्रमुख आतिथ्यता,नगर अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता,नगरसचिब अग्निधर लोहनी,सचिबालय सदस्य हरू प्रकाश काफ्ले,रामकृस्ण कंडेल,लक्ष्मण खत्री,भुपेन्द्र रायमाझी लगायतको को बिशेष उपस्थिती रहेको थियो।

साथै नगर कमिटी सदस्य बुध्दिबल चालिसेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु