२०७९ असोज ९ गत आइतवार | September 25, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ४० को ज्यान गयो

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ४० को ज्यान गयो

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार कोरोना संक्रमणका कारण थप एक जनाले ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा सप्तरीका ७३ बर्षिय पुरुष रहेको मन्त्रालयले जनाएको छ।यो सँगै नेपालमा कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ।

प्रवक्ता जागेश्वर गौतमका अनुसार आज मात्रै १०१ जना कोरोना संक्रमित थपिएका छन् भने कुल संक्रमित संख्या १७ हजार ४ सय ४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा चार हजार ६८८ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। हालसम्म ३ लाख ८ हजार ४९८ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ।

चर्काे विराेध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न भने बन्द गरिसकिएकाे छ।कोरोना संक्रमण न्यूनीकरण गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको प्रवक्ता गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु