गृहपृष्ठ वलिउड चर्चित अभिनेत्री एश्वर्या र उनकी छोरी आराध्या दुवै जना अस्पताल भर्ना
वलिउड चर्चित अभिनेत्री एश्वर्या र उनकी छोरी आराध्या दुवै जना अस्पताल भर्ना

कोरोना संक्रमणका कारण बलिउड चर्चित अभिनेत्री एश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई अस्पताल भर्ना गरिएको छ।
उनीहरुलाई ५ दिन अघि कोरोना पुष्टि भएको थियो। अमिताभ बच्चन र उनका छोरा अभिशेषलाई कोरोना पुष्टि भएकै दिन अस्पताल भर्ना गरिएको थियो भने ऐश्वर्या र आराध्या होम क्वारेन्टाइनमा बसेका थिए।
कोरोना पुष्टि भएको ५ दिन पछि ऐश्वर्या र उनको छोरी आराध्यालाई नानावती अस्पतालमा भर्ना गरिएको छ। गत शनिवार राति नै बलिउड महानायक अमिताभ र अभिषेकलाई पनि भर्ना गरिएको थियो।
अमिताभले आफ्नो घरका सदस्यलाई कोरोना भएको बारे सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए। उनिहरुलाई पुर्ण निको हुन केही दिन लाग्ने अस्पताल प्रशासनले जनाएको छ।