२०७९ असोज ५ गत बुधवार | September 21, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा आइतबारदेखि अविरल वर्षा हुने,बाढीपहिरो जाने सम्भावना उच्च

नेपालमा आइतबारदेखि अविरल वर्षा हुने,बाढीपहिरो जाने सम्भावना उच्च

आइतबारदेखि नेपालमा अविरल वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उच्च बर्षाका कारण बाढी-पहिरो जाने जोखिम बढेको भन्दै सम्पूर्ण नागरिकलाई सावधानी अपनाउन विभागले एक बिज्ञप्ति मार्फत अनुरोध समेत गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई आइतबारदेखि ५ दिन पाहुना लागेरै भएपनि सुरक्षित स्थानमा बस्न अनुरोध गरे। उनले आगामी चार दिनका लागि तयारी पूरा गरिएको बताए।

मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त पूर्वानुमानमा यो हप्ता देशैभरी ठूलो वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप हुने देखिएकाले विशेषगरी भोलिदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको हो।

उक्त समयमा लामो दुरीको यात्रा नगर्न प्राधिकरणले सबैलाई सचेत समेत  गराएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु