२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ चर्चा-परिचर्चामा गायिका शितलको “शितलु”

चर्चा-परिचर्चामा गायिका शितलको “शितलु”

छोटो समयमै चर्चाको शिखरमा पुग्ने गायिका मध्ये एक हुन शितल शर्मा।नेपालको बागलुङ स्थायी घर भएकी गायिका शर्मा लामो समय संचार क्षेत्रमा समेत काम गरेकी छन्।

कला र गलाकी धनी गायिका शर्माले यस अघि पानीजाहाज,महारानी जस्ता लोकप्रिय गीतहरु पस्केर आम लोकपारखिहरुको मन जितिसकेकी छिन्।

यसपालि पनि निकै मौलिक र परम्परागत विषयलाई समेटेर शितलु नामक तीज गीत बजारमा ल्याएकी छन्।आफ्नो जन्म दिने आमा नहुँदाको कथा र ब्यथालाई गीत मार्फत उजागर गर्न खोजिएको छ।

चर्चित सर्जक नवराज पन्थको शब्द संकलनमा स्वयं गायिका शर्माको स्वर रहेको छ भने पुरुषतर्फ गायक प्रकाश पराजुलीको आवाज रहेको छ।

अहिलेका चल्तीका निर्देशक मौसम हिमालीले निर्देशन गरेको गरेको यस गीति सङ्ग्रहलाई गायक पराजुलीलेनै संगीत दिएका छन्।

यस गीतको भिडियोमा कलाकारहरु शिभन पोखरेल,गरिमा शर्मा ,निरु खड्का ,शितल शर्मा ,प्रकाश पराजुली र रबिन लामिछाने लगायतको दमदार अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु