२०७९ असोज ९ गत आइतवार | September 25, 2022

Bharat Poudel

गृहपृष्ठ गुल्मीका पहिरो पीडितलाई राहात रकम हस्तान्तरण

गुल्मीका पहिरो पीडितलाई राहात रकम हस्तान्तरण

गुल्मी नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समितीले गुल्मीका पहिरो पिडीतलाइ आर्थीक सहयोग गरेको छ।

गत असार १८ गते परेको अबिरल वर्षासँगै गएको पहिरोमा परी ज्यान गुमाएका गुल्मीका २ परीवारका आफन्तलाइ काँग्रेसले सहयोग गरेको जनाएको छ।

पहिरोका कारण गुल्मीको इस्मा गाउँपालीकाकी ८ बर्षीया भुमिका खत्री र मुसिकोट नगरपालीकाका ५५ बर्षीया भागीरथ घिमीरेले ज्यान गुमाउनुपरेको थियो।

पहिरोले दिएको पिडालाइ कम गर्नको लागि केही हदसम्म राहत महशुस होस भन्ने उद्देश्यले आफुहरुले मृतकका परिवारलाइ जतिसक्दो सहयोग गरेको विपद व्यवस्थापन समितीका सँयोजक योगराज कँडेल शर्माले बताउनुभयो।

इस्मा पहिरोमा परी ज्यान गुमाएकी बिमला खत्रीका अभिभावकलाइ काठमाडौमा भेटेर विपद व्यवस्थापन समितीका सँयोजक योगराज कँडेल,सदस्य द्धय ओम बस्नेत र बिष्णु केसीले सहयोग रकम रु पाँच हजार हस्तान्तरण गर्नुभएको हो।

त्यस्तै पहिरोको प्रत्यक्ष अवलोकन गर्न गुल्मी पुगेका नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समितीका उपाध्यक्ष कृष्ण प्रसाद खरेल, समितीका सल्लाहकार सदस्य परशुराम घिमीरे, समितीका सदस्य सन्तोष पाण्डे र मुसिकोट २ का नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार बन्नुभएका राम बहादुर केसीको टोलीले मुसिकोटको पहिरोमा परी ज्यान गुमाएका भागीरथ घिमीरेको परिवारलाइ नगद पाँच हजार रुपैयाँ हस्तान्तरण गरेको काँग्रेसले जनाएको छ।

पहिरोको कारण अस्तव्यस्त बनेको मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको काँग्रेसले स्थलगत अध्ययन समेत गरि इस्माका ७५ र मुसिकोटका २५ परिवारलाइ खाद्यान्न सहयोग गरेको छ।

आवश्यकताको आधारमा अन्य सहयोगको प्याकेजको लागि समेत तयारी थालिएको नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समितीका अध्यक्ष ज्ञान बहादुर कार्कीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु