गृहपृष्ठ पोर्चुगलमा एक नेपालीको असामयिक निधन
पोर्चुगलमा एक नेपालीको असामयिक निधन

पोर्चुगलमा एक नेपालीको असामयिक निधन भएको छ।विगत ५ बर्षदेखि पोर्चुगलको अलेन्तेजु बस्दै आएका रमेशबहादुर रेग्मीको आइतबार बिहान अचानक मृत्यु भएको हो।
नेपालको पर्वत जिल्ला घर भएका ४३ बर्षिय रेग्मिको निधनको खबरले सम्पूर्ण पोर्चुगलबासी नेपालीहरु स्तब्ध बनेका छन्।
रेग्मीमा श्रीमती, एक छोरा (१२ बर्ष ) र एक छोरी (७ बर्ष) पोखरामा रहेको पारिवारिक श्रोतले जनाएको छ । उनीहरू पोर्चुगल आउने तयारीमा रहेका तर कोरोनाका कारण लकडाउनले अड्किरहेका थिए।
यो घटनाबारे जानकारी लिन एनाआरएन पोर्चुगलका अध्यक्ष तिलक गैरे तथा पदाधिकारी लगायतको टोली अस्पताल पुगेको थियो।स्मरण रहोस् यस अघि पनि विभिन्न कारणले गर्दा पोर्चुगलमा धेरै नेपालीहरुको ज्यान गैसकेको छ।