Covid-19
City Express

चर्चित गायक बस्यालको तीज गीत दिलको चाबी बजारमा

दामोदर बस्याल, लोकदोहोरी क्षेत्रको नामुक नाम।लोकदोहोरीको पहिचानलाई समृद्धि र उन्नतिका लागि सदैव कृयाशिल गायक बस्याल ले यतिखेर दिलको चाबी नामक झ्याउरे तीज गीत बजारमा ल्याएका छन्।

गायक बस्यालकै लय तथा शब्द संकलनमा चर्चित गायिका शिलु भट्टराईको आवाज रहेको छ भने पुरुषतर्फ स्वयं गायक बस्यालकै स्वर रहेको छ।

यस गीतलाई लोकेन्द्र शाहले निर्देशन गरेका छन् भने भिडियोमा अहिलेका चर्चित मोडल लोमस शर्मा,बबिता कंडेल र गायक एवं मोडल उज्ज्वल गिरिको बेजोड नृत्य रहेको छ।

मनिष पन्थले छायांकन तथा सम्पादन गरेको यस गीतलाई बुलबुल मिडिया प्रालिले बजार ब्यबस्थापन गरेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु