२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको ज्यान गयो।

पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको ज्यान गयो।

नेपालको अधिकांश ठाउँमा अविरल बर्षा भैरहेको छ भने बर्षाका कारण बाढीपहिरो जादा ठुलै जनधनको क्षति भएको समाचारहरु आइरहेका छन्।

पछिल्लो जानकारी अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। मृतक एकै परिवारको रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको हो।

पहिरो बिहान चार बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तिनजनाको शव फेला परेको एसपी रेग्मीले जानकारी दिए।अन्य विवरण भने आउन बाकी रहेको एसपी रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु