गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या झण्डै १८ हजार पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या झण्डै १८ हजार पुग्यो

मंगलबार नेपालमा १५० जना संक्रमित थपिएका छन्।
यो सँगै नेपालमा कुल संक्रमित संख्या १७ हजार ९ सय ९४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना मुक्त भएर ६ सय ९ जना घर फर्किएका छन् भने हालसम्म कोरोनाका कारण ४० जनाको ज्यान गैसकेको छ।
अहिलेसम्म १२ हजार ४ सय ७७ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।