गृहपृष्ठ नेपालमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु , मृत्यु हुने कुल संख्या ४२ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु , मृत्यु हुने कुल संख्या ४२ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप दुई जनाले ज्यान गुमाएका छन्।
मृत्यु हुनेमा ४६ बर्षिय चिनिया नागरिक छन् भने अर्का ६० बर्षिय पुरुष धरानका रहेको बताइएको छ।
नेपालमा कोरोना संक्रमणबाट बिदेशी नागरिकको मृत्यु भएको पहिलो घटना हो।मृत्यु हुने ४६ बर्षिय महिलाको त्रीबी शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा उपचार भैरहेको थियो।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै १०० जना कोरोना संक्रमीत थपिएका छन्।यो सँगै कुल संक्रमीतको संख्या १८ हजार ९४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २०७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६८४ पुगेको छ। सरकारको सकारात्मक प्रयास र जागरुपताका कारण कोरोना संक्रमित संख्या न्यून हुँदै गएको मन्त्रालयले जनाएको छ।