२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नेपालमा आज मात्रै १३३ कोरोना संक्रमित थपिए,कुल संख्या १८ हजार ३ सय ७४

नेपालमा आज मात्रै १३३ कोरोना संक्रमित थपिए,कुल संख्या १८ हजार ३ सय ७४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार नेपालमा आज मात्रै १ सय ३३ जना वेक्तीमा कोरोना भाइरस(कोभिड-१९)पुष्टि भएको छ।

नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १०७ जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ।पछिल्लो २४ घण्टामा कोरोनाका  कारण थप १ जनाले ज्यान गुमाएका छन् भने हालसम्म कोरोना संक्रमणका कारण ४४ जना वेक्तीको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु