२०७९ असोज ९ गत आइतवार | September 25, 2022

Bharat Poudel

गृहपृष्ठ पोर्चुगलमा निधन भएका रेग्मीको अन्तिम संस्कार सम्पन्न

पोर्चुगलमा निधन भएका रेग्मीको अन्तिम संस्कार सम्पन्न

गत १९ जुलाईका दिन असामयिक निधन भएका पर्वतका स्व. रमेशकुमार रेग्मीको आज पोर्चुगलमा श्रद्धाञ्जली सहित अन्तिम संस्कार सम्पन्न भएको छ। स्व. रेग्मी विगत ५ बर्षदेखि पोर्चुगलको अलेन्तेजु स्थित लुम्गेईरा अल्मोग्राभ बस्दै आएका थिए।

४३ बर्षिय स्व.रेग्मीका श्रीमती, एक छोरा (१२ बर्ष ) र एक छोरी (७ बर्ष) नेपालमा रहेका छन्। उनीहरू भिसा लागेर पोर्चुगल आउने तयारी भइरहेको बेला कोरोनाका कारण लकडाउनले नेपाल मै अड्किरहेका थिए।

पोर्चुगल हेर्ने पेरिसस्थित आवासीय नेपाली राजदूत दीपक अधिकारीले आज एक समवेदना पत्र पठाइ स्व. रेग्मीप्रति अन्तिम श्रद्धाञ्जली दिदै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

स्व. रेग्मीको शव व्यबस्थापन र अन्तिम संस्कार प्रक्रियामा महत्त्वपूर्ण सहयोग पुर्याएकोमा एआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरे र पर्वत समाज पोर्चुगल लगायत सम्बद्ध संघ संस्था र व्यक्तिहरुलाई दु:खको घडीमा खेलेको भूमिकाप्रति राजदूत अधिकारीले धन्यवाद समेत दिएका छन्।

आज आयोजित छोटो श्रद्धाञ्जली सभामा अन्तिम विदाइ गर्न र श्रद्धाञ्जली दिन लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमाल, एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरे, महासचिव हेमराज सुवेदी लगायत उनका पारिवारिक नातेदारहरु, साथीहरू र पर्वत समाजका मानिसहरु उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु