२०७९ असोज ७ गत शुक्रवार | September 23, 2022

Bharat Poudel

गृहपृष्ठ पोर्चुगलका नेपाली समुदायद्वारा क्यान्सर पीडित दिलमायालाई आर्थिक सहयोग

पोर्चुगलका नेपाली समुदायद्वारा क्यान्सर पीडित दिलमायालाई आर्थिक सहयोग

पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका– १० की दिलमाया दर्लामी मगरलाई चार लाख पन्ध्र हजार रुपैया सहयोग गरेका छन्।उक्त रकम उहाँको उपचारका लागि प्रदान गरिएको हो।

विगत पाँच बर्ष देखि स्तन क्यान्सरबाट पीडित दर्लामी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहनु भएको छ।

पोर्चुगलका लागि नेपाली वाणिज्यदूत राजेन्द्रकुमार खेतानले उपचाररत दर्लामीलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। पीडितको उपचारका लागि खेतान स्वयंले पनि २१ हजार रुपैयाँ सहयोग गर्नु भएको छ।

विगत सात बर्ष देखि पोर्चुगल बस्दै आउनु भएका युवा दिनेश भण्डारीको अगुवाईमा आर्थिक सहयोग गरिएको हो। स्तन क्यान्सर बाट गर्सित मगरलाई उपचारकोलागि पन्ध्र लाख चाहिने अस्पतालले बताए पछि पीडितको अनुरोधमा उक्त रकम संकलन गरिएको बताइएको छ।

क्यान्सरबाट ग्रसित दर्लामीको उपचारका लागि स्वस्फूर्तरुपमा सहयोग गर्ने पोर्चुगलवासी गैरआवासीय मनकारी नेपालीहरुलाई भण्डारी र पीडित परिवारको तर्फबाट धन्यवाद दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु